कुखुराको मासुभित्र राखेर बन्दुक तस्कर गर्ने पक्राउ

केन्द्रभाग मिडिया

कुखुराको मासुभित्र राखेर बन्दुक तस्कर गर्ने पक्राउ

एजेन्सी ।

संसारभरका अपराधी र तस्करहरूले अवैध सामानहरू एक ठाउँबाट अर्को ठाउँमा ढुवानी गर्ने अनौठो तरिकाहरू अपनाउछन् भन्ने कुराहरू हामीले बेलाबखत सुन्ने गर्छौं । एक पछिल्लो घटनामा एक यात्रु कुखुराको काँचो मासुभित्र ह्यान्डगन लुकाएर जाँदै गरेर अमेरिकामा विमानमा चढ्न खोज्दा समातिएका छन् ।

यात्रु विमान चढ्नुअघि फ्लोरिडाको फोर्ट लाउडरडेल–हलिवुड एयरपोर्टमा यातायात सुरक्षा प्रशासन ९टीएसए० अधिकारीहरूले समातेका थिए । बन्दुक लोड गरिएको हो वा होइन भन्ने खुल्न सकेको छैन ।

एक ट्विटर पोस्टमा एजेन्सीले बन्दुकको तस्बिरहरू सेयर गरेको छ । हाते बन्दुक, कागजको प्याकेजिङमा बेरिएको, काँचो कुखुराभित्र देख्न सकिन्छ । अर्को तस्विरमा एयरपोर्ट अफिसरले प्याकेज खोलेर बन्दुक निकालेको देख्न सकिन्छ ।

  • २६ कार्तिक २०७९, शनिबार ११:४० प्रकाशित