पोखरा ।
नेकपा एमाले कास्की निर्वाचन क्षेत्र नं. २ का प्रतिनिधि सभा सदस्यका उम्मेदवार विद्या भट्टराई अधिकारीले अधिकार दिए कर्तव्य पुरा गर्ने बताएकी छन् ।
मंसीर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको क्रममा घरदैलो कार्यक्रममा उनले भोट दिनुसो आवश्यक निती निर्माणसंगै यस क्षेत्रको विकासमा इमान्दरपूर्वक लाग्ने प्रतिवद्धता व्यक्त गरीन् ।
उनले भनिन्, पोखरामा थपिएका नयाँ वडाहरुको घरदैलो कार्यक्रममा मतदाताको पहिलो आवश्यकता सडक निर्माण होे, त्यसका लागि सम्भाव्यता अध्ययन गरे तीनै तहका सरकारले ध्यान दिनुपर्ने आवश्यकता औल्याइन् ।
जुनसुकै सरकारले गरेका विकास निर्माण राष्ट्र र जनताकै लागि भएको उल्लेख गर्दै वर्तमान पाँच दलिय गठबन्धनको सरकारले रकम कटौती गर्दा जनतामा वितृष्णा पैदा भएकोमा उनको भनाई थियो ।
घरदैलो कार्यक्रमका पोखराका थपिएका नयाँ वडा कार्यालयसम्म पुग्ने सडकको अभावमा अहिले पनि जनता सेवा लिन घण्टै खर्चिनु पर्ने अवस्थाको अन्त्यका लागि सडक यातायात आवश्यक रहेको बताउँदै नेत्री भट्टराईले भनिन्, सडकले ग्रामीण क्षेत्रमा उत्पादित कृषि उपजको बजारीकरणमा सहयोग पुग्दछ ।
घरदैलो कार्यक्रमले स्थानीय आवश्यकता सहितका योजना संकलनमा महत्वपूर्ण सहयोग पुगेको उल्लेख गर्दै उम्मेदवार भट्टराईले समाजका असहाय, गरिव, विपन्न वर्गको उत्थानका लागि युवा रोजगार तथा महिला सशक्तिकरणमा जोड दिनुपर्ने आवश्यकता रहको बताइन् ।













