लान्द्रुकमा यी योजना पुरा गर्ने रामजी र प्रकाशको बाचा

केन्द्रभाग मिडिया

पोखरा ।

कास्कीको अन्नपूर्ण ७ लान्द्रुक लगायतको क्षेत्रमा पाँच दलीय गठबन्धनका साझा उमेदवार रामजी प्रसाद बराल जीवन र प्रकाश बरालले विभिन्न योजनाहरु पुरा गर्न आफ्नो तर्फबाट बिशेष पहल गर्ने बताएका छन् ।

कास्की निर्वाचन क्षेत्र ३ का प्रतिनिधि सभा सदस्यका उमेदवार जीवन र प्रदेश सभा सदस्यका उमेदवार प्रकाशले केही दिन अघि आफ्नो चुनावी अभियान अन्तर्गत घर दैलो कार्यक्रममा अन्नपूर्ण ७ का स्थानीय समक्ष उक्त कुरा बताएका हुन् ।

अन्नपूर्ण ७ को तानचोक कोटमा रहेको श्री कान्छी बराह मन्दिरलाई पर्यटनको हर्व बनाउन, अन्नपूर्ण ७ को रिङरोड ५ बर्ष भित्र कालोपत्रे बनाउन, मोदीखोला पुलमा मोटरेवल पुलको निर्माण गरी यातायात सञ्चालन गर्ने अभियानमा उम्मेदवारहरुले विशेष पहल गर्ने बताएका हुन् ।

त्यसै गरी लान्द्रुक र घान्द्रुकमा नेपालकै अग्लो र लामो झोलुङगे पुल निर्माण गर्ने, अन्नपूर्ण ७ मा ग्रामिण कृषि सहकारी मार्फत कृषि प्रर्वद्धन गर्ने, अन्नपूर्ण ७ को एक मात्र मावि हिमालयन माविमा प्लस टु सम्मको कक्षा सञ्चालनको लागि आवश्यक सहयोग गर्ने, लान्द्रुक, मर्दी हिमालसम्म पोथना देउराली मर्दी हिमालसम्म गोरेटो बाटो निर्माण गरी पर्यटक आगमनलाई सहज बनाउन पहल गर्ने उमेदवारहरुले बताए ।

सो क्षेत्रमा अव्यवस्थित रुपमा रहेका व्यवसायलाई व्यवस्थित बनाउन संघिय सरकारसँग पहल गर्ने, अन्नपूर्ण ७ लाई आन्तरिक तथा वाह्य पर्यटनको हनी हण्टिङ फेष्टिवललाई व्यापक रुपमा प्रचार प्रसार गर्ने उम्मेदवार बरालले बताए ।

  • २५ कार्तिक २०७९, शुक्रबार ०९:४७ प्रकाशित