आहा रारा गोल्कपको २२ औँ संस्करण पौष १२ देखि

केन्द्रभाग मिडिया

पोखरा ।
आहा रारा गौल्डकपको २२ औँ संस्करण आगामी पौष १२ गतेदेखि २३ गते सम्म हुने भएको छ । अखिल नेपाल फुटबल संघले आयोजक साहारा क्लव पोखरालाई उक्त समय दिएको हो । क्लवले शुक्रबार प्रेस विज्ञप्ती जारी गदै प्रतियोगिताको मितिवारे जानकारी दिएको हो ।

एन्फाले मिति दिएसँगै आयोजकले ‘आहा रारा गोल्डकप–२०७९ फुटबल प्रतियोगिताको (क्याराभाना गोल्डकपसहित) २२ औं संस्करण’ तयारीमा जुटेको सहारा क्लब पोखराका अध्यक्ष हरिराम गुरुङ (सुरज) ले बताए ।

पोखरा रंगशालामा हुने राष्ट्रिय–अन्तर्राष्ट्रियस्तरको अन्तरक्लब आमन्त्रित सो प्रतियोगितामा ए डिभिजन क्लब, विभागीय क्लब र विदेशीसहित मोफसलका टिमहरु र आयोजक सहारा क्लब पोखरा टिम सहभागी हुनेछ १२ टिमले भाग लिने छन् ।

प्रतियोगिको मुख्य प्रायोजक सदाझैं हिमश्री फुड्स प्रालिको उत्पादन रारा तयारी चाउचाउ हुनेछ । साथै पोखरा महानगरपालिकाको संयोजन रहनेछ । पहिलो संस्करण देखी नै मुख्य प्रायोजकको रुपमा बहुचर्चित मोफसलको व्यापारिक प्रतिष्ठान हिमश्री फुड्स प्रा. लि. को उत्पादन आहा तथा रारा तयारी चाउचाउले गरेको छ ।

अफिसियल बैंक लुम्बिनी विकास बैंक,  सहयोगी संस्था राष्ट्रिय खेलकुद परिषद-प्रदेश खेलकुद परिषद गण्डकी रअखिल नेपाल फुटबल संघ-पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समिति/जिल्ला खेलकुद विकास समिति कास्की-कास्की जिल्ला फुटबल संघ- सहारा यु.के.-सहारा क्लब हङ्गकङ्ग-सहारा क्लब अष्ट्रेलिया समेतको बिशेष सहयोग र पोखरा महानगरपालिकाको संयोजनमा क्लबले यस प्रतियोगिताको आयोजना गर्ने लक्ष्य लिएको छ ।

यस्तै, राष्ट्रिय खेलकुद परिषद्, एन्फा, सहारा युके, सहारा क्लब हङकङ, सहारा अष्टे«लियाको विशेष सहयोग रहनेछ । विगतमा झैं सहारा युकेले उत्कृष्ट ५ विधा, म्यान अफ दि म्याच र मेडल प्रायोजन गर्नेछ ।

गत संस्करणको उपाधि विजेता सशस्त्र प्रहरी बलको एपिएफ क्लब हो । गत वर्ष २० औं आहारारा गोल्डकपको फाइनलमा मनाङ मस्र्याङ्दी क्लबलाई टाइब्रेकरमा ५–४ गोलअन्तरले पराजित गर्दै एपिएफले पहिलो पल्ट उपाधि चुमेको हो ।

  • २४ कार्तिक २०७९, बिहीबार १८:१७ प्रकाशित