पोखरा वृद्धाश्रममा ६१ थान ब्लाङ्केट वितरण

केन्द्रभाग मिडिया

पोखरा ।
पोखरा महानगरपालिका १७ मा रहेको पोखरा बृद्धाश्रममा जाडोका लागि आवश्यक ब्लाङ्केट वितरण गरीएको छ । लौहपुरुष गणेशमान सिँहको १ सय ८ औ जन्मजयन्तीका अवसरमा समाजसेवी विजयराज आचार्य र देवराज गुरुङले ब्लाङ्केट वितरण गरेका हुन् ।

बिहीबार आश्रममै पुगेर त्यहाँ रहेका वृद्ध वृद्धालाई ६१ थान ब्लाङ्केट वितरण गरीएको आचार्यले जानकारी दिएका छन् । केही समययता पोखरामा जाडो बढ्न सुरु गरेको र आश्रमका वृद्धवृद्धालाई ब्लाङ्केटको अपरीहार्य भएको सुचना पाएपछि उक्त सहयोग गरेको समाजसेवी गुरुङले बताए । “जाडो सुरु भएको र वृद्धाश्रममा रहनुभएका आमा बुबाहरुलाई ओढ्ने ब्लाङ्केटको समस्या भएको थाहा पाएपछि सिंहको जन्मजयन्ती अवसर पारेर सहयोग गरेका हौ ।” गुरुङले भने ।मानविय सम्वेदनाका दृष्टिकोणले पनि वृद्धाश्रममा सहयोग गर्न पाउँदा आफु गौरवान्वित बनेको उनको भनाई छ । भविष्यमा पनि आश्रममा आवश्यक अन्य सामाग्री सहयोगको कार्य जारी राख्ने गुरुङले जनाए । ब्लाङ्केट सहयोग पाएपछि त्यहाँका वृद्धवृद्धाले सहयोगी आचार्य र गुरुङप्रति कृतज्ञता प्रकट गरेका थिए ।

  • २४ कार्तिक २०७९, बिहीबार १७:४० प्रकाशित