नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले केपी ओली अहिले बर्बराउँदै हिडेको आरोप लगाएका छन् ओलीको सरकार ढालेर आफूले टक्कर दिएपछि अहिले ओली बर्बराउँदै हिँडेको आरोप लगाएका छन् ।
बिहीबार विभिन्न पार्टी परित्याग गरी नेकपा एकीकृत समाजवादीमा प्रवेश गरेका नेता, कार्यकर्ताहरूलाई पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा स्वागत गर्दै उनले सो आरोप लगाएका हुन् ।
उनले केपी ओलीलाई कसैले टक्कर दिन सक्दैन भन्ने सोचिरहेको बेलामा आफूले टक्कर दिएर सरकार ढालेको बताए । उनले सरकार ढलेपछि अहिले ओली उटपट्याङ कुरा गरिरहेका भन्दै ओलीका उटपट्याङ कुराहरूको संकलन गर्नुपर्ने बेला आएको बताए ।













