काठमाडौं ।
आकाशमै अनुमतिबिनै ककपिटबाट अन्तर्वार्ता दिएपछि वरिष्ठ पाइलट विजय लामा छानबिनमा तानिएका छन् ।
चालक दलका सदस्यभन्दा बाहेकका व्यक्तिलाई प्रवेशको अनुमति दिँदै भिडियो अन्तर्वार्ता दिएको भन्दै नेपाल एयरलाइन्सका वरिष्ठ पाइलट लामा छानविनमा तानिएका हुन् ।
उनले यो नियम तोडेसँगै नियामक निकायको छानविनमा तानिएका हुन् । छानविन प्रतिवेदन नआएसम्म उनको नाम उडानको रोष्टरबाट समेत हटाइएको छ ।
हालै एभिएसन भ्लगर साम चुईले दुबई(काठमाडौं रुटको एक भ्लगमा ककपिटबाटै पाइलट विजय लामासँग अन्तर्वार्ता लिएको सार्वजनिक भएको छ ।
सो सम्बन्धमा प्राधिकरणले छानविन सुरु गरेको प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले जानकारी दिए । छानविन जारी रहँदा निगमले उडानको रोष्टरबाट उनको नाम हटाएको छ ।













