प्रदेश १ का मन्त्री तथा कांग्रेसका प्रदेशसभा उम्मेदवार थापाको निधन

केन्द्रभाग मिडिया

विराटनगर ।

प्रदेश १ का मन्त्री शेखरचन्द्र थापाको निधन भएको छ । वन वातावरण तथा भूसंरक्षण एवं मोरङ क्षेत्र ३ (१) बाट नेपाली कांग्रेसका उम्मेदवारसमेत रहेका थापाको उपचारका क्रममा निधन भएको हो ।

निमोनिया भए पछि विराटनगरस्थित नोबेल अस्पतालमा भर्ना गरिएको थियो । थप उपचारका लागि उनलाई काठमाडौंको ह्याम्स अस्पतालमा लगिएको थियो ।

स्वास्थ्यमा सामान्य सुधार भए पछि पुनः विराटनगर फर्काइएको थियो ।

 

 

  • २३ कार्तिक २०७९, बुधबार १२:११ प्रकाशित