डोटीमा ६.६ म्याग्निच्युडको भूकम्प, ६ जनाको ज्यान गुम्यो

केन्द्रभाग मिडिया

 

पोखरा । बुधबार मध्यराति २ बजेर १२ मिनेटमा डोटी केन्द्रविन्दु बनाएर ६.६ म्याग्निच्युडको भूकम्प गएको छ ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार मंगलबार साझ पनि ५.७ र ४.१ म्याग्निच्युडका भुकम्प डोटीलाई नै केन्द्रविन्दु बनाएर गएको थियो । राती त्योभन्दा ठूलो गएको हो ।

हालसम्म प्राप्त विवरण अनुसार भूकम्पले घर भत्काउँदा डोटीको पूर्विचौकी गाउँपालिकाको वडा नं ३ गैरागाँउमा ६ जनाको ज्यान गुमेको डोटीको प्रमुख जिल्ला अधिकारी कल्पना श्रेष्ठले सबधान खबरलाई जानकारी दिएकी छन् ।

प्रजिअ श्रेष्ठका अनुसार पाँच जना घाइते भएका छन् । ९ वटा घर भत्किएका छन् । ‘भूकम्पकका कारण पूर्विचौकी गाउँपालिकाको वडा नं ३ गैरागाँउमा ६ जनाको ज्यान गुमेको रिपोटिङ सुरक्षा संयन्त्रबाट आएको छ । ९ वटा घर भत्किएका छन् । ५ जना घाइते भएका छन् । एक जनालाई भत्किएको घरबाट जिवितै उद्धार गरिएको हो । अन्यत्र के भइरहेको छ भन्ने बुझ्दैछु’ उनले भनिन् ।

भूकम्पको धक्का कर्णाली, लुम्बिनी प्रदेशसम्मको जिल्लामा महसुस गरिएको जनाइएको छ ।

  • २३ कार्तिक २०७९, बुधबार ०६:३६ प्रकाशित