हेटौंडा ।
नेकपा एकीकृत समाजवादीका नेता विरोध खतिवडामाथि कुटपिट भएको छ ।
मकवानपुर–२ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार समेत रहेका खतिवडामाथि मकवानपुरको मनहरी गाउँपालिका–४ मसिनेमा चुनावी सभामा जाने क्रममा कुटपिट भएको हो ।
सभास्थलमा आइपुगेका खतिवडालाई गाडीबाट ओर्लनेबित्तिकै हेटौंडा उपमहानगरपालिका–२ का अन्दाजी ५५ बर्षीय पुरुषोत्तम खड्काले हातपात गरेको बताइएको छ ।
खड्कालाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रारम्भिक अनुसन्धानमा खड्काले मादक पदार्थ सेवन गरेको पाइएको र पुरानो रिसइबी समेत रहेको खुल्न आएको छ।












