जिप दुर्घटना : ३ को ज्यान गयो , ७ घाइते

केन्द्रभाग मिडिया

कालिकोट ।

कर्णाली राजमार्ग अन्तर्गत कालिकोटको तिलागुफा(५ खल्लागाड नजिकै यात्रुवाहक जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । ७ जना घाइते छन् ।

मुगुबाट सुर्खेततर्फ जाँदै गरेको भे १ च ४४१२ नम्बरको यात्रुवाहक जिप मंगलबार बिहान पौने १२ बजे कर्णाली राजमार्गको खल्लागाड पुल नजिकै दुर्घटनाग्रस्त हुँदा मुगु गमगढीका २१ वर्षीय अक्कल विश्वकर्मा, २१ वर्षीय रमेश बुढा र २५ वर्षीय सुर्दशन सेजुवालको मृत्यु भएको कालिकोटका प्रहरीले बताएको छ ।

उनका अनुसार ७ जना घाइतेको जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा उपचार भइरहेको छ । घाइते हुनेमा हुम्लाका २२ वर्षीय केशरी शाही, र २४ वर्षीय उज्जवल सिंह, मुगुका १७ वर्षीय धिरज बुढा, १६ वर्षीय गोपीचन्द्र बुढा, ३१ वर्षीय सन्तोष शाही, मुगु घर भएका गाडी चालक ३५ वर्षीय प्रेमसिंह बडुवाल छन् भने अन्य एक जनाको नाम खुल्न सकेको छैन ।

  • २२ कार्तिक २०७९, मंगलवार १६:०१ प्रकाशित