ऐन कानून निर्माणसंगै विकास निर्माणमा मेरो जोड रहन्छ : श्रीनाथ बराल

केन्द्रभाग मिडिया

नेकपा एकीकृत समाजवादीका पोलिट्व्युरो सदस्य एवं कास्की क्षेत्र नम्बर २ मा गठबन्धनको तर्फबाट प्रतिनिधिसभा सदस्य पदका उम्मेवदार श्रीनाथ बरालले ऐन कानुन निर्माणसंगै विकास निर्माणमा आफ्नो जोड रहने बताएका छन् ।

सोमबार पोखरा–२१ निर्मल पोखरीमा आयोजित घरदैलोसहितको कोणसभालाइृ सम्बोधन गर्दे उनले यस्तो बताएका हुन् । आफू पाँच दलको साझा उम्मेदवार रहेको पाँच दलको भावनाका साथै असली एमालेका नेता कार्यकर्ताको समेत आफू साझा उम्मेदवार रहेको दाबी गरे ।

उम्मेदवार बरालले लोकतन्त्र र संविधान जोगाउन अनि जनताको अपेक्षा अनुरुप काम गर्न गठबन्धन बनेको धारणा राखे । पोखरा महानगरपालिकाको नेतृत्व गठबन्धनको रहेको, प्रदेश सरकार पनि गठबन्धनकै बन्ने र केन्द्र सरकार पनि गठबन्धनको बन्ने भन्दै उनले केन्द्रबाट योजना ल्याउने, नीति निर्माणमा महत्वपूर्ण भूमिका खेल्नुका साथै जनताको सुखदुखमासंगै रहने उनले बाचा गरेका छन् ।

उनले कुबिन्नेबाट, कृष्ति, निर्मलपोखरी, भरतपोखरीहुँदै कोत्रे निस्कने बाटोलाई स्तरोन्नति गरेर बाइपास सडकको रुपमा विकास गर्ने प्रतिवद्धता जनाए । भित्री र अन्य सडकको स्तरोन्नत्ति गर्ने र खानेपानीको समस्या पूर्णरुपमा हल गरेरै छाड्ने उनको दृढता छ ।

खानेपानी प्रयाप्त हुनेगरी, स्थानीय कुवाको समेत संरक्षण गर्दै घरघरमा खानेपानीको प्रवन्ध गरिने उनले बताए । भरतपोखरी र निर्मलपोखरी क्षेत्रमा पर्यटनको विषयमा अध्ययन हुने विद्यालय खुल्ने सुखद् खबर पनि केही समयमा स्थानीय सुन्न पाउने उनले जानकारी दिए ।

महिला, पछाडि परेका समुदायको उत्थान गर्ने भन्दै उनले कृषिमा आधुनिकिकरण र व्यवसायिकरण गरेर जनताको जीवनस्तर माथि उठाउने उनले योजना सुनाए । विदेश गएका र सहरमा रोजगारीमा गएकाहरुलाई गाउँमै केही गर्ने वातावरण बनाउने उनको भनाई छ । सुन्तला, कफी, तरकारीबाली र पशुपालन उक्त क्षेत्रको आधार रहेको भन्दै प्रविधि भित्र्याएर व्यवसायीकरण गर्ने उनले बताए ।

पोखरालाई पर्यटनको राजधानी बनाउन महत्वपूर्ण भूमिका खेल्ने, शिक्षा र खेलकुदको महत्वपूर्ण केन्द्र बनाउने, स्वास्थ्यको भरपर्दो केन्द्र बनाउनेगरी काम गर्ने उनको भनाई छ । यसका लागि पोखरा महानगर, प्रदेश सरकार र केन्द्रसंग मिलेर काम गर्ने उनले बताए ।

  • २१ कार्तिक २०७९, सोमबार १३:५३ प्रकाशित