पोखरा ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज (सोमबार) पोखरा आउने भएका छन् ।
नेपाल कम्युनिष्ट पार्टी एमाले जिल्ला निर्वाचन परिचालन कमिटी कास्कीले आयोजना गर्न लागको वृहत कार्यकर्ता भेलालाई सम्बोधन गर्न अध्यक्ष ओली पोखरा आउन लागेको एमाले कास्की जिल्ला प्रचार प्रमुख दर्शन लामाले जानकारी दिए ।
आज पोखरा सभागृहमा बिहान १० बजेदेखि सुरु हुने भेलामा ओलीले विशेष सम्बोधन गर्ने छन् । ओलीसंगै कास्की निर्वाचन क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्यका उम्मेदवार मन बहादुर गुरुङ, क्षेत्र नम्बर २ का विद्या भट्टराई र क्षेत्र नम्बर ३ का दामोदर पौडेलको सहभागिता रहनेछ ।
यसैगरि १ ‘क’ का खगराज अधिकारी १ ‘ख’ का बेद बहादुर गुरुङ, क्षेत्र नम्बर २ ‘क’ का भिम कार्की, २ ‘ख’ की मिना गुरुङ, क्षेत्र नम्बर ३ ‘क’ का गणेशमान गुरुङ तथा ३ ‘ख’ का राजीव पहारी लगायतका समानुपातिक उम्मेदवारहरुको सहभागिता रहने भएको छ ।













