धनुषा ।
धनुषामा सुमो दुर्घटना हुँदा दुई दिने शिशुको घटनास्थलमै ज्यान गएको छ । दुर्घटनामा अन्य ७ जना घाइते भएका छन् । धनुषाको लक्ष्मीनिया गाउँपालिकामा ना ३ च ३५७५ नम्बरको टाटा सुमो अनियन्त्रित हुँदा दुईदिने शिशुको मृत्यु र ७ जना घाइते भएका हुन् ।
जिल्ला प्रहरी कार्यालय धनुषाको अनुसार जनकपुरबाट महेन्द्रनगरतर्फ जाँदै गरेको सुमो अनियन्त्रित भई दुर्घटना भएको हो । उक्त सुमोमा सवार ८ जनामध्ये ६ जना सामान्य घाइते, १ जना गम्भीर घाइते भएको र मिथिला नगरपालिका हरिहरपुरकी सन्जुदेवी महतोको २ दिने शिशुको मृत्यु भएको प्रहरीले बताएको छ।
यस्तै घाइते हुनेमा क्षिरेश्वरनाथ नगरपालिका–०७ की २४ वर्षीय राधादेवी सिंह र सोही नगरपालिका की ४० वर्षीय फुलोदेवी महतो रहेका छन् । यस्तै मिथिला नगरपालिका–०३ हरिहरपुरकी ६० वर्षीय कमलीदेवी र सोही पालिका १ की १५ वर्षीय सुधीसिंह र लक्ष्मीनियाँ गाउँपालिका–०६ वगेवा बस्ने चालक सिकिन्द्र ठाकु शर्मा रहेका छनु । । यस्तै मिथिला नगरपालिका–३ बस्ने चन्द्रकला महतो गम्भीर घाइते भएकी छिन् ।














