काठमाडौं ।
आसन्न प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनका लागि मतपत्र छपाइ सकिएको छ । निर्वाचन आयोगले ८ करोड ३ लाख ९४ हजार ५ सय थान मतपत्र छापिएको जनाएको हो ।
आयोगका अनुसार प्रतिनिधिसभा प्रत्यक्ष निर्वाचन प्रणालीका लागि कूल १ करोड ९८ लाख ७१ हजार थान प्रदेश सभातर्फ प्रत्यक्षका लागि १ करोड ९९ लाख १८ हजार ५ सय थान मतपत्र छापिएको छ ।
यसैगरी, प्रतिनिधिसभा समानुपातिक निर्वाचन प्रणालीतर्फका लागि २ करोड ४ लाख २१ हजार थान र प्रदेशसभा समानुपातिकका लागि २ करोड १ लाख ८४ हजार थान मतपत्र छपाइ भएको हो ।














