काठमाडौं ।
भारतीय कांग्रेसका नेता राहुल गान्धी विरुद्ध उजुरी परेको छ ।
कांग्रेसको भारत जोडो यात्रामा फिल्म ‘केजीएफ–२’ को संगीत प्रयोग गरेको भन्दै गान्धीविरुद्ध उजुरी परेको भन्दै भारतीय सञ्चारमाध्यमहरुले समाचार सम्प्रेषण गरेका छन्। राहुल गान्धीबाहेक कांग्रेस नेता जयराम रमेश र सुप्रिया श्रीनेटविरुद्ध पनि उजुरी परेको छ ।
समाचार एजेन्सी पीटीआईका अनुसार कन्नड फिल्म ‘केजीएफ–२’ को संगीत बिना अनुमति प्रयोग गरेको आरोपमा राहुल गान्धीविरुद्ध उजुरी दर्ता गरिएको छ । यो उजुरी शुक्रबार बैंगलोरको यशवंतपुर पुलिस स्टेशनमा प्रतिलिपि अधिकार कानुनअन्तर्गत गरिएको हो । एमआरटी म्युजिकको व्यवस्थापन सम्हाल्ने एम नवीन कुमारले उजुरी दर्ता गरेका हुन् ।