प्रधानमन्त्री शेरबहादुर देउवाले चुनावपछि गठबन्धनको सरकार बन्ने बताएका छन् ।
डडेल्धुराको अजयमेरु गाउँपालिकाको चुनावीसभालाई सम्बोधन गर्दै आज प्रधानमन्त्री देउवाले एमाले अध्यक्ष केपी शर्मा ओलीले षडयन्त्रपूर्ण ढंगले गरेको आरोप लगाएका छन् ।
उनले ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीलाई मध्यराति २ बजे उठाएर संसद विघटन गरिएकोले त्यसका विरुद्धमा गठबन्धन बनेको बताए ।
फरक प्रसङ्गमा हिजो एमाले अध्यक्ष ओलीले दार्चुला गरेको भाषणलाई संकेत गर्दै कांगेस सभापति समेत रहनुभएका देउवाले ओलीले दार्चुला गएर गरेको भाषणले लिम्पियाधुरा नआउने बताए ।
उनले आफु पाँचौपटक प्रधानमन्त्री भइसकेको र डडेल्धुराको विकासमा लागिरहेको बताउँदै केही काम गर्न भने बाँकी रहेको बताए । ३६ सालदेखि आफू लगातार गाउँ आइरहेको बताउँदै योपटक गाउँ आउन पाउँदा शौभाग्यशाली ठानेको पनि बताए ।













