जनताप्रति जिम्मेवार भएर काम गर्दछु : उम्मेदवार भट्टराई

केन्द्रभाग मिडिया

पोखरा ।

नेकपा एमाले केन्द्रीय सदस्य एवम् कास्की निर्वाचन क्षेत्र नं. २ का प्रतिनिधि सभा सदस्यका उम्मेदवार विद्या भट्टराई अधिकारीले मुलुक र जनतप्रति जिम्मेवार भएर काम गर्ने बताएकी छन् ।

साविक कृष्ति गाविसबाट पोखरा १७ मा वसोवास गर्दै आउनु भएका मतदातासंग आज भएको उम्मेदवार परिचय एवम् अन्तकृया कार्यक्रममा उनले त्यस क्षेत्रको विकास निर्माणमा निरन्तर लाग्ने प्रतिवद्धता व्यक्त गरेकी हुन् ।

निर्माण व्यवसायिको ढिलासुस्ति को कारण समयमा सम्पन्न हुनसकेको फुस्रेखोला, रामदी, मट्टीखान, नुवाकोट सडक निर्माणले निरन्तरता पाउने विश्वास व्यक्त गर्दै उनले भनिन्, सो सडक संघ सरकारवाट प्रदेशलाई हस्तान्तरण भई सकेको छ ।

उक्त क्षेत्रलाई सडक सञ्जालले पोखरा बजारसंग जोड्न बिभिन्न पहुचमार्ग निर्माणमा जोड दिंदै आएको बताउँदै उनले सडक सुविधाले बजारिकणमा सहयोग पुग्ने विश्वास व्यक्त गरिन् ।

दुःखको परिस्थितिमा आफु अधुरा काम पुरा गर्ने उपनिर्वाचनमा उम्मेदवार बन्दा यस क्षेत्रका मतदाताले पु¥याएको योगदानको उच्च कदर गर्दै नेत्री भट्टराईले निती निर्माण तथा विकास निर्माणका साथै महिला अधिकारका सम्वन्धमा भूमिका निर्वाह गर्दै आएको स्पष्ट पारिन् ।

निर्वाचन क्षेत्र नं. २ (१) का उम्मेदवार भिमबहादुर कार्कीले राष्ट्र र समाजप्रति समर्पित हुँदै जनभावना अनुसार प्रतिवद्ध भएर काम गर्ने विश्वास व्यक्त गरिन् । पार्टीको घोषणापत्र, गण्डकी प्रदेशको प्रतिवद्धतापत्रका अनुसार समृद्धिको अभियानमा जुटनेमा उनको जोड थियो ।

  • १९ कार्तिक २०७९, शनिबार १५:४९ प्रकाशित