रामचौतारी युवा समुहको खेलकुद प्रतियोगिता सम्पन्न

केन्द्रभाग मिडिया

पोखरा ।

रामचौतारी युवा समुह, फुलबारी–११ द्वारा आयोजित खेलकुद कार्यक्रम अन्तर्गत व्याडमिण्टन प्रतियोगितामा स्मारक भण्डारी र शितल केसीको जोडी विजयी भएका छन् । शनिबार भएको फाइनल खेलमा एलिक पुन र यारिक्सन गुरुङ्गको जोडीलाई २१–१८, २१–१६ को सेटले पराजित गर्दै सो जोडीले प्रथम स्थान हाँसिल गरेको हो ।

त्यसैगरि सिनियर टेबल टेनिस प्रतियोगितामा राहुल भण्डारीले प्रथम तथा रामु बाँस्तोलाले द्वितिय स्थान हाँसिल गरे । त्यस्तै, जुनियरतर्फ साइमन बाँस्तोला विजेता र भिक्टर बाँस्तोला उपविजेता भए । विजयी खेलाडीहरुलाई पोखरा महानगरपालिका वडा ११ का सदस्य सुसिल बाँस्तोलाले नगद सहित मेडलले पुरस्कृत गरे । सो अवसरमा वडा ११ बाट हालै सम्पन्न नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागि खेलाडीहरुलाई सम्मान गरिएको थियो ।

यसअघि नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीका सल्लाहकार एवं पूर्वाध्यक्ष विनोद लामिछानेले अफिसियल दिपकराज गिरी, दिप विक्रम शाही, सूर्यबहादुर थापा, अफिसियल सहयोगी सुबोध किशोर बाँस्तोला र शन्देस बाँस्तोलालाई खेल सामग्री हस्तान्तण गर्दै प्रतियोगिताको उद्घाटन गरेका थिए । खेलकुद कार्यक्रम संयोजक दिपक भण्डारीको अध्यक्षतामा भएको उद्घाटन समारोहमा निवर्तमान वडा सदस्य मिनबहादुर गुरुङ्ग, समाजसेवी माधव प्रसाद बाँस्तोला, धर्मराज बाँस्तोला, पूर्व खेलाडी रामनाथ भण्डारी, लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

खेलकुदका माध्यमबाट स्वथ्य र अनुशासित समाज निर्माणका लागि समुहले यो कार्यक्रम आयोजना गरेको संयोजक दिपक भण्डारीले बताए । आगामी वर्षहरुमा यो कार्यक्रमलाई थप व्यवस्थित तवरले सञ्चालन गरिने भण्डारीको भनाई छ ।

  • १९ कार्तिक २०७९, शनिबार १५:४४ प्रकाशित