सन्दीप कारागार पुगे पछि नेपाली राष्ट्रिय क्रिकेट टिममा कप्तानको खोजी

केन्द्रभाग मिडिया

काठमाडौँ ।
पछिल्लो समय नेपाली राष्ट्रिय क्रिकेट टोली कप्तानबिहीन बनेको छ । यसअघि कप्तान रहेका सन्दीप लामिछाने बलात्कारको आरोमा प्रहरी हिरासतमा पुगेपछि क्रिकेट टोली कप्तानबिहीन बनेको हो । लामिछानेविरुद्धको मुद्धाले तत्काल नै अन्तिम रुप लिने सम्भावना न्यून छ । त्यसैले पनि नेपाल क्रिकेट संघ क्यानमाथि जति सक्दो छिटो नयाँ कप्तान छान्नु पर्ने बाध्यता छ ।

सन्दीपको कप्तानीमा नेपालले मिश्रित नतिजा निकालिरहेको थियो । उनी बिस्तारै परिपक्व बन्दै गइरहेका थिए । व्यक्तिगत प्रदर्शनमा एकपछि अर्को उत्कृष्टता पस्किरहेका थिए । तर, अनायाशको बज्रपातले उनको व्यक्तिगत जीवन बिथोलिएको छ नै, सिंगै नेपाली क्रिकेट जगत् हल्लिएको छ । कप्तानका रूपमा भन्दा पनि खेलाडीका रूपमा सन्दीप राष्ट्रिय टिममा अत्यधिक मिस हुनेछन् ।

यता नेपाली राष्ट्रिय क्रिकेट टोलीले यूएईसँग तीन खेलको एकदिवसीय खेलको सिरिज खेल्ने भएको छ। सोमबार साँझ नेपाल क्रिकेट संघ ९क्यान० ले यूएईसँग खेल्ने तीन सिरिजको खेल तालिका सार्वजनिक गरेको छ। नेपालले घरेलु मैदा त्रिविमा तीनै एकदिवसीय अन्तर्राष्ट्रिय म्याच खेल्ने भएको हो। नेपालले पहिलो खेल कार्तिक २८ अर्थात् १४ नोभेम्बरमा खेल खेल्नेछ।

नेपालले दोस्रो खेल कार्तिक ३० अर्थात् १६ नोभेम्बरमा खेल्ने तालिकाछ। सिरिजको अन्तिम तथा तेस्रो खेल मंसिर २ अर्थात् नोभेम्बर १८ मा खेल्ने क्यानले जनाएको छ। सबै खेल बिहान ९ बजे सुरु हुनेछन्। नेपालले आईसीसी विश्वकप लिग–२ त्रिकोणात्मक एकदिसीय सिरिजमा नामिबिया भ्रमणमा जानुअघि यूएईसँग सिरिज खेल्ने भएको हो। नेपालले डिसेम्बरमा नामिबिया भ्रमण गर्ने तालिका छ। नेपाल, नामिबिया र स्कटल्याण्डबीच सिरिजको सिरिज डिसेम्बर २ देखि सुरु हुनेछ।

अब नेपाली टोलीको नयाँ कप्तान को बन्नेमा बहस सुरु भएको छ। नेपाली क्रिकेटको नयाँ कप्तान बन्ने लिष्ट तीनजना अग्रस्थान छन्। जसमा ज्ञानेन्द्र मल्ल, दीपेन्द्रसिंह ऐरी र रोहितकुमार पौडेल छन्।

मल्लले यसअघि पनि नेपाली क्रिकेट टिमको कप्तानी गरिसकेका छन्। कप्तानीका रूपमा ज्ञानेन्द्रको रेकर्ड अरुभन्दा राम्रो छ। उनले नेपालका लागि १० वटा एकदिवसीय अन्तर्राष्ट्रियमा कप्तानी गरेका छन्। जसमा ६ जित र ४ खेलमा नेपाल हार ब्यहोरेको छ। टी–२० अन्तर्राष्ट्रियमा पनि उनको कप्तानीको रेकर्ड राम्रो छ। उनले १२ म्याचमा कप्तानी गरेका छन्। जसमा नेपाल ९ खेलमा विजयी भएको छ। ३ म्याचमा भने पराजित भएको छ।

के अब क्यानले फेरि पछाडि फर्केर ज्ञानेन्द्रलाई नै कप्तानी सुम्पिनेछ रु धेरैले यही आशा राखेका छन् । तर, ज्ञानेन्द्रप्रति क्यानको पछिल्लो पूर्वाग्रही व्यवहार हेर्दा यो सम्भावना कम देखिन्छ । आफैँले कारबाही गरेर हटाएका खेलाडीलाई फेरि कप्तानमा फर्काउन क्यान अध्यक्ष चतुर बहादुर चन्दको अहम्ले दिँदैन ।

कप्तानको दोस्रो विकल्प दीपेन्द्रसिंह ऐरी हुन्। उनी नेपाली क्रिकेट टिमका मुख्य अलराउण्ड हुन्। नेपालाई बलिङ, ब्याटिङ र फिल्डिङबाट योगदान दिन सक्ने खेलाडी हुन्। उनीसँग कप्तानीको अनुभव पनि रहेको छ। उनले यू–१९ टिमको कप्तानी गरिसकेको छ। उनको कप्तानीमा नेपालले भारतीय यू–१९ टिमलाई हराएको थियो। नेपालमा हुने घरेलु प्रतियोगितामा पनि उनले कप्तानी गर्ने गरेका छन्। उनी टिमका सिनियर खेलाडी पनि हुन

तेस्रो विकल्प वर्तमान उपकप्तान रोहितकुमार पौडेल हुन्। २० वर्षीय रोहितले पछिल्लो समय उत्कृष्ट प्रदर्शन गरिरहेका छन्। उनले हालै सन्दीपको अनुपस्थितिमा केन्यासँगको एकदिवसीयमा कप्तानी गरेका थिए। त्यसपछि उनको कप्तानीको धेरैले प्रशंसासमेत गरेका थिए। उनको कप्तानीमा नेपालले केन्याविरुद्धका तीन म्याच जितेको थियो। रोहितका साथै कप्तान बन्नेको सूचीमा अलराउन्डर सोमपाल कामी र करण केसीको पनि सम्भावना छ। सोमपालसँग घरेलु प्रतियोगितामा कप्तानी गरेको अनुभव छ। उनले आफ्नो कप्तानीमा गत संस्करणको ईपीएलको उपाधि समेत जिताएका थिए।

साथै कप्तान बन्नेको सूचीमा अलराउन्डर सोमपाल कामी र करण केसीको पनि सम्भावना छ। सोमपालसँग घरेलु प्रतियोगितामा कप्तानी गरेको अनुभव छ। उनले आफ्नो कप्तानीमा गत संस्करणको ईपीएलको उपाधि समेत जिताएका थिए।

नेपाललाई अहिले एकदिवसीय मान्यता जोगाउनेपर्ने चुनौती छ। नेपालले विश्वकप लिग–२ मा खराब प्रदर्शन गरिरहेको छ। त्यसैमा सन्दीपमाथिको निलम्बनले थप चुनौती थपिएको छ।लिग–२ मा नेपालले हालसम्म कूल २० म्याच खेलेको छ। जसबाट नेपालले १७ अंक जोडेको छ। र, नेपाल तालिकाको छैटौं स्थानमा रहेको छ।

  • १९ कार्तिक २०७९, शनिबार १५:४१ प्रकाशित