संविधान च्यात्ने र जनमत खण्डित गर्ने विरुद्ध गठबन्धन : उम्मेदवार थापा

केन्द्रभाग मिडिया

पोखरा ।
गठबन्धनको तर्फबाट कास्की २ (क) बाट प्रदेशसभा सदस्य पदका उम्मेदवार कांग्रेस नेता विन्दु कुमार थापाले संविधान च्यात्न खोज्ने र जनमतलाई खण्डित गर्नेहरुको विरुद्ध आफूहरुले गठबन्धन गरेर अगाडि बढेको बताए । शनिबार पोखरा २० भलाममा आयोजित कोणसभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

आफ्नो पहिलो कार्यकालमा प्राप्त गरेको सेवा सुविधा जनताका योजनामा नै खर्च गरेको स्मरण गराउँदै दोस्रो कार्यकालमा पनि त्यसलाई निरन्तरता दिँदै बाँकी रहेका योजना पुरा गर्ने उनको प्रतिवद्धता जनाए ।

पोखरा २० भलामका जनताको अपेक्षाका विषयमा आफू जानकार रहेको उनले बताए । यस अगाडि पनि योजनाहरु पर्ने काम भएको बताएका उनले क्रियापुत्री भवनका लागि थप बजेट व्यवस्थापन गर्नुपर्ने भएको, खानेपानी योजना, सिंचाई र बाटोघाटोको विस्तार र स्तरोन्नति गर्ने कामलाई निरन्तरता दिएर जनअपेक्षा पुरा गर्ने उनले बताए ।

उम्मेदवार थापाले जनताको समस्या नै आफ्ना समस्या सम्झेर आफूले काम गर्ने धारणा राखे । ‘यहाँका समस्याका विषयमा म जानकार छु । पहिलो कार्यकालमा पनि केही सम्बोधन गर्ने प्रयास गरेको हुँ । त्यसमा निरन्तरता हुन्छ नै । यहाँ खानेपानी, सिंचाई र बाटो विस्तार र स्तरोन्नति गर्नुपर्नेछ । पहिरोको क्षतिलाई न्युनिकरण गर्नुपर्ने लगायतका थुप्रै काम गर्नुपर्नेछ । त्यसका लागि हामी निरन्तर अगाडि बढ्ने र्छौ’ उनले भने ।

  • १९ कार्तिक २०७९, शनिबार १४:०४ प्रकाशित