पोखरा ।
कञ्चनपुरमा भएको चुनावी सभामा एमाले अध्यक्ष केपी शर्मा ओलीले आफ्नै पार्टीका पूर्व उपाध्यक्ष भीम रावलको आलोचना गरेपछि भीम रावलले ओली विरुद्ध ५ वटा प्रश्न गरेका छन् ।
सभाका क्रममा ओलीले रावलको आलोचना गरेपछि रावल । अध्यक्ष ओलीले ‘भीम रावलको तपाईंलाई किन चिन्ता, ४८ सालदेखि एक छिन मुख खाली छैन, बुढो भइसक्नु भयो, बेकार किन भीम रावलको चिन्ता, अरूलाई पालो दिनु पर्दैन, एउटै भीम रावल, भीम रावल, के को खेती गरिराख्या भीम रावल, के भीम रावल, थुप्रै रावलहरू हुनुहुन्छ नित सुदूरपश्चिममा थुप्रो रावलहरूलाई अगाडि बढाइन्छ’ भन्दै रावलमाथि खनिएका थिए ।
रावलले ओलीको भाषणले उनीभित्र बलिरहेको क्रोध बदला, निषेध र द्वेषपूर्ण दुर्भाव उदाङ्ग भएको बताएका छन् । उनले सामाजिक सञ्जालमार्फत ओलीलाई विभिन्न पाँच प्रश्न सोधेका छन् ।
यी हुन् रावलले ओलीलाई गरेका प्रश्न
१, मलाई ४८ सालमा तत्कालीन महासचिव मदन भण्डारी र नेता माधव नेपालले चुनाव नजितिने भए पनि हाम्रा मतहरू सुरक्षित गर्न अछाममा गएर लड्नु होस् भन्दा म तयार भएँ तर सांसद ५१ सालदेखि मात्र भएँ । ओलीजी ४८ सालदेखि सांसद, मन्त्री, पार्टी अध्यक्ष र प्रधानमन्त्री हुनुभएको छ र कहिल्यै ‘मुख खाली छैन’ र फेरि पनि ‘खान’ को लागि मुख किन वाउनु भएको त ?
२, म ६७ वर्ष लागेकालाई ‘बुढो’ भन्ने हो भने ७० वर्ष काटी सकेका ओलीजी फेरि सांसद र प्रधानमन्त्रीका लागि कसरी तन्नेरी हुनुभयो रु म भन्दा उमेर बढी भएका अरूलाई उम्मेदवारका लागि किन सहमति दिनुभयो ?
३, हो, अरूलाई पालो दिन पार्टीले मापदण्ड बनाएमा सबैले मान्नु पर्छ । तर अरूलाई पालो दिनु पर्ने भए ओली जी र सचिवालय तथा स्थायी कमिटीका अनेकौं पदमा रहेका र अनेकौं पटक सांसद र मन्त्री भएका व्यक्तिका हकमा अरूलाई पालो दिनुपर्ने भन्ने किन लागु नहुने त ?
४, ओलीजीले थर विशेषलाई पनि उल्लेख गरी सुदूरपश्चिममा थुप्रै रावल भएका र तीनलाई अगाडि बढाउने भन्दै व्यक्तिगत रूपमा अपमान हुने गरी बोल्नु भएको रहेछ । स्मरण होस् अछाम जिल्ला लगायत देशका विभिन्न भागमा ब्राह्मण र क्षेत्री गरी थुप्रै ओलीहरू पनि छन्, तिनलाई एमालेमा तत्काल पार्टी अध्यक्ष र प्रधानमन्त्री नि नबनाउने त ?
५, पार्टी अध्यक्ष र प्रधानमन्त्री भइसकेको व्यक्तिबाट मञ्चमा भाषण गर्दै गर्दा प्रदर्शन गरिएको उत्तेजनाले अछामी जनताको तर्फबाट भएको निर्णय उल्ट्याउनुको रहस्यको एउटा पर्दा उघ्रेको छ ।













