ईपीएस कोरिया शाखाको आग्रह : दलालहरूबाट सजग रहनु

केन्द्रभाग मिडिया

काठमाडौं ।

वैदेशिक रोजगार विभाग ईपीएस कोरिया शाखाले छिटो काम गराइदिन्छु भन्दै पैसा असुल्नेहरूबाट सजग रहन आग्रह गरेको छ । ईपीएसमार्फत कोरिया जानेहरूका काम छिटो छरितो गराइदिने वाहनामा दलालहरू सक्रिय रहन थालेको भन्दै उनीहरूबाट सर्तक रहन आग्रह गरेको हो ।

ईपीएस शाखा परिषरभित्र तथा बाहिर काम गराइदिन्छु भन्दै सेवाग्राहीसँग पैसा लिने गरेको गुनासो आएको भन्दै उनीहरूबाट सतर्क रहन आग्रह गरेको हो । यस शाखा कार्यालय परिसरभित्र एवं बाहिर शाखाबाट प्राप्त हुने सेवाका लागि आउने सम्बन्धित सेवाग्राहीहरूलाई छिटो काम मिलाइदिन्छु भनी आफै वा कर्मचारीहरूको नाममा विभिन्न समयमा विभिन्न व्यक्तिहरू, कर्मचारीहरू तथा ईपीएस पासरहरु मध्येकाले समेत सम्बन्धित सेवाग्राहीहरूसँग रकम माग गरी ठगी गर्ने गरेको भनी गुनासो आएकोले कोही कसैबाट काम, प्रक्रिया छिटो मिलाइदिन्छु भनी रकम माग गरेमा, विभिन्न प्रलोभन देखाएमा त्यस्ता व्यक्तिहरूबाट सजग रहन, प्रलोभनमा नपर्न र त्यस्तो कोही कसैबाट भएमा त्यस्तो सूचना यस शाखामा वा नजिकको प्रहरी कार्यालय वा जिल्ला प्रशासन कार्यालयमा दिनुहुन अनुरोध छ ।’ शाखाले जारी गरेको सूचनामा उल्लेख गरिएको छ ।

  • १८ कार्तिक २०७९, शुक्रबार १६:५५ प्रकाशित