जसपाले भोलि घोषणापत्र सार्वजनिक गर्ने

केन्द्रभाग मिडिया

काठमाडौं ।

जनता समाजवादी पार्टी (जसपा)ले आसन्न प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनका लागि शनिबार प्रतिवद्धतापत्र सार्वजनिक गर्ने भएको छ ।

काठमाडौंको नयाँ बानेश्वरस्थित एभरेष्ट होटलमा शनिबार दिउँसो २ बजे प्रतिवद्धतापत्र सार्वजनिक गर्ने कार्यक्रम रहेको केन्द्रीय प्रचार विभाग प्रमुख पूर्णबहादुर बस्नेतले जानकारी दिए ।

एमाले, कांग्रेस, माओवादी, राप्रपा लगायतका अन्य दलले यसअघि नै घोषणापत्र सार्वजनिक गरिसकेका छन् ।

  • १८ कार्तिक २०७९, शुक्रबार १६:४९ प्रकाशित