पोखरा ।
पोखराका पत्रकार विजय नेपालीमाथि प्रहरीले गरेको अभद्र व्यवहार प्रति नेपाल पत्रकार महासंघ गण्डकीले भ्रत्सना गरेको छ । महासंघ गण्डकीका महासचिव गोविन्द सुवेदीले मंगलबार विज्ञप्ती जारी गदैँ पत्रकार नेपाली माथी भएको अभद्र व्यवाहार स्वतन्त्र प्रेस माथिको ठाडो हस्तक्षेप भएको उल्लेख गरेका छन् ।
पोखरा प्रदर्शनी केन्द्र नयाँबजारमा म्यादी प्रहरीलाई पोशाक बाँडिएको तस्विर खिच्ने क्रममा नेपाल पत्रकार महासंघ कास्की शाखाका कार्यसमिति सदस्य पत्रकार नेपालीमाथि प्रहरीले गरेको अभद्र व्यवहार प्रति नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश समितिको गम्भिर ध्यानाकर्षण भएको सुवेदीले बताएका छन् ।
हामील पत्रकार नेपालीले सार्वजनिक स्थलमा भएको कार्यक्रममा खिचेको तस्विर जवरजस्ति हटाउन लगाउनु, त्यहाँबाट अभद्र व्यवहार गर्दै बाहिर निकाल्ने जस्ता कार्यलार्ई स्वतन्त्र प्रेस माथिको ठाडो हस्तक्षेपको रुपमा लिएका छौं, विज्ञप्तीमा उल्लेख छ ।
कानुनको रक्षा गर्नुपर्ने निकायले गरेको सार्वजनिक कार्यक्रममा प्रेसलाई अंकुस लगाउने र आतंकित पार्ने कार्य हुनु खेदजनक र भ्रत्सनायोग्य कार्य रहेकोले यस्ता घटनामा सम्लग्न जो कोहीलाई पनि कारबाहीको दायरामा ल्याउँदै आइन्दा यस्ता खालका हर्कत नगर्ने प्रतिवद्धतासहित स्वतन्त्रता पूर्वक समाचार संकलन गर्ने अधिकारको रक्षा गर्न सम्बन्धित पक्षलाई नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश समिति हार्दिक आग्रह गर्दछ, सुवेदीले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।













