काठमाडौं ।
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको ग्राउन्ड ह्यान्डिलिङ सेवा नेपाल नागरिक उड्डयान प्राधिकरण आफैले गर्ने भएको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सो सेवा दिदै आएको नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)ले पोखरामा नपाउने भएको छ । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा पनि अहिलेसम्म निगमले नै यो काम गरिररहेको छ ।
अब पोखरा विमानस्थल चलाउने तयारी हुँदै गर्दा प्राधिकरणले फरक किसिमबाट अघि बढ्ने बताएको हो ।प्राधिकरणका महानिर्देशक प्रदिप अधिकारीका अनुसार ग्राउन्ड हृयान्डिलिङका धेरै विवाद भएसँगै अब प्राधिकरण आफैले यस्तो सेवा चलाउने निर्णय भएको हो ।














