एमालेलाई परास्त नगरेसम्म माओवादी र कांग्रेसबीचको सहकार्य जरुरी : भट्टराई

केन्द्रभाग मिडिया

काठमाडौं ।

नेपाल समाजवादी पार्टीका अध्यक्ष डा। बाबुराम भट्टराईले एमालेलाई पूर्णरुपमा परास्त नगर्दासम्म माओवादी र कांग्रेसको सहकार्य जरुरी भएको बताएका छन् ।

गोरखाका उम्मेदवारहरुको लागि मत माग्न काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै पूर्वप्रधानमन्त्री भट्टराईले केपी ओलीको नाम नलिई एमालेलाई निर्णायक ढंगले परास्त नगरेसम्म यी दुई प्रमुख पार्टीबीच सहकार्य आवश्यक भएको बताएका हुन् ।

उनले भने, ‘विगतमा जे तीतामीठा भए, ती सबै कुरा बिर्सौं । अझै पनि संघीय लोकतान्त्रिक गणतन्त्रको जरा राम्रोसँग बसेको छैन । जबसम्म यो व्यवस्थालाई कसैले हल्लाउन सक्दैनन् तबसम्म हामी पूर्वमाओवादी पनि एक ठाउँमा आएका छौं । कांग्रेससँग पनि मेरो आग्रह छ, केही समय हामीले सहकार्य गर्नुपर्छ । जब यो व्यवस्था बलियो हुन्छ त्यसपछि प्रतिस्पर्धा गरौला ।’

गठबन्धनको जीत निश्चित भए पनि प्रतिगमनलाई निर्णायक ढंगले परास्त गर्न मेहनत गर्नुपर्ने भट्टराईको भनाइ थियो ।

  • १७ कार्तिक २०७९, बिहीबार १५:१७ प्रकाशित