उकालो लाग्यो डलरको भाउ (सूचीसहित)

केन्द्रभाग मिडिया

पोखरा।

नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार आज बुधबार डलर एकको खरिददर १३२ रुपैयाँ १६ पैसा र बिक्रीदर १३२ रुपैयाँ ७६ पैसा रहेको छ ।

आज युरोको भाउ भने घटेको छ । आज युरो एककको खरिदर १३० रुपैयाँ ८९ पैसा र बिक्रीदर १३१ रुपैयाँ ४९ पैसा रहेको छ । हिजो युरो एकको खरिददर १३१ रुपैयाँ ०७ पैसा र बिक्रीदर १३१ रुपैयाँ ६७ पैसा थियो। यस्तै आज बेलायती पाउण्ड एकको खरिददर १५१ रुपैयाँ ९७ पैसा र बिक्रीदर १५२ रुपैयाँ ६६ पैसा रहेको छ ।

१० जापानी येनको खरिददर ८ रुपैयाँ ९८ पैसा र बिक्रीदर ९ रुपैयाँ ०२ पैसा छ भने चिनियाँ युवानको खरिददर १८ रुपैयाँ १६ पैसा र बिक्रीदर १८ रुपैयाँ २४ पैसा छ । साउदी रियालको खरिददर ३५ रुपैयाँ १८ पैसा र बिक्रीदर ३५ रुपैयाँ ३३ पैसा छ ।

कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ३० पैसा र बिक्री दर ३६ रुपैयाँ ४० पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।मलेसिया रिंगिट १ को खरिददर २७ रुपैयाँ ८९ पैसा र बिक्रीदर २८ रुपैयाँ ०२ पैसा रहेको छ ।

  • १७ कार्तिक २०७९, बिहीबार १०:०८ प्रकाशित