विकास निर्माणको निरन्तरताका लागि एमालेले जित्नुपर्छ : उम्मेदवार भट्टराई

केन्द्रभाग मिडिया

पोखरा ।
नेकपा एमाले केन्द्रीय सदस्य एवम् कास्की निर्वाचन क्षेत्र नं. २ प्रतिनिधि सभा सदस्यका उम्मेदवार विद्या भट्टराई अधिकारीले विकास निर्माणको निरन्तरताका लागि आप्mनो उम्मेदवारी भएको बताएकी छन् ।

पोखरा महानगरपालिका वडा नं. १६ स्थित पर्यटकीय स्थल अर्मलाकोटमा आयोजित मतदाता घरदैलो कार्यक्रममा उनले यस क्षेत्रको पर्यटन प्रवद्र्धनका लागि आवश्यक पूर्वाधार निर्माणमा जुट्ने प्रतिवद्धता व्यक्त गरिन् ।

दुःखको अवस्थामा उपनिर्वाचनमा यस क्षेत्रका मतदाताले विजयी गराउनु भएको स्मरण गर्दै सडक, शिक्षा, स्वास्थ्य, पर्यटन पूर्वाधार निर्माणका अधुरा काम पुरा गर्नका लागि पुनः उम्मेदवार बनेको स्पष्ट पारिन् ।

जेष्ठनागरिकलाई मासिक पाँच हजार सामाजिक सुरक्षा भत्ता दिने घोषणा गरेपनि विचमै सरकार ढलेपछि अवरोध भएको बताउँदै मंसीर ४ गतेपछिको बन्ने एमालेको सरकारले सवै खाले भत्तामा बृद्धि गर्ने उनको विश्वास थियो ।

कार्यक्रममा कास्की निर्वाचन क्षेत्र नं. २ (ख)का उम्मेदवार मिना गुरुङले ऐतिहासिक एवम् पर्यटकीय क्षेत्र अर्मलाकोटमा सांस्कृतिक ग्राम निर्माण गर्ने प्रतिवद्धता व्यक्त गरिन् । गण्डकी प्रदेश सभामा समानुपातिक सांसदको भूमिका निर्वाह गरिसक्नु भएको उनले भनिन्, यस क्षेत्रको अधुरा विकास निर्माणका काम पुरा गर्न प्रत्येक्ष उम्मेदवारका रुपमा उपस्थित भएको बताइन् ।

  • १६ कार्तिक २०७९, बुधबार १८:१८ प्रकाशित