रूपन्देही ।
नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले निर्वाचनपछि कांग्रेस सभापति प्रधानमन्त्री शेरबहादुर देउवा नै प्रधानमन्त्री बन्ने ठोकुवा गरेका छन् ।
उनले चुनावमा सबैभन्दा धेरै सीट कांग्रेसले ल्याउने र पार्टी सभापतिको हैसियतमा देउवा नै प्रधानमन्त्री हुनुपर्ने आफ्नो पार्टीको बटमलाइन भएको बताए ।
बुधबार रिपोर्टर्स क्लबमा आयोजित साक्षात्कार कार्यक्रममा कांग्रेस निर्वाचन प्रचार(प्रसार समितिका संयोजकसमेत रहेका डा। महतले १६५ सीटमध्ये ९१ सीटमा नेपाली कांग्रेसका उम्मेदवार भएकोले अन्य पार्टीभन्दा धेरै सीट ल्याउने दाबी गरे ।
नेकपाकालीन सरकारमा नागरिकले धेरै दु: ख पाएको भन्दै उनले गफ लगाउनेलाई विश्वास गर्नुभन्दा नबोलेर काम गर्नेलाई मूल्यांकन गर्नुपर्ने बताए ।













