प्रधानमन्त्री देउवा आज सुदूरपश्चिम जाँदै : पाँच दिन रहने

केन्द्रभाग मिडिया

काठमाडौं।

प्रधानमन्त्री शेरबहादुर देउवा आज धनगढी जादैछन्। नेपाली कांग्रेसका सभापति समेत रहेका देउवा आज नेपाली सेनाको हेलीकोप्टरमार्फत धनगढी जान लागेका हुन्।

प्रधानमन्त्रीको सचिवालयकाअनुसार देउवा सवार हेलीकोप्टर बोराडाँडीस्थित नेपाली सेनाको ब्यारेकमा अवतरण गर्नेछ भने त्यहाँबाट उनी राष्ट्र बैँकको निवास जानेछन्।

आज धनगढीमा स्थानिय नेता तथा कार्यकर्तासँग भेटघाट तथा छलफल गरेर भोलिदेखि चार दिन उनी आफ्नो गृह जिल्ला डडेल्धुरामा चुनावी प्रचारमा सहभागी हुनेछन्।

  • १६ कार्तिक २०७९, बुधबार ०९:१३ प्रकाशित