काठमाडौं ।
बलात्कार आरोप लागेका सन्दीप लामिछानेमाथि आजबाट थुनछेक बहस सुरु हुदैंछ ।मङ्गलवार बयान सकिएपछि आज (बुधवार)देखि थुनछेक बहस सुरु हुन लागेको हो ।
न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासले थुनछेक बहसपछि साधारण तारेखमा छाड्ने, धरौटीमा छाड्ने वा पुर्पक्षका लागि थुनामा पठाउनेमध्ये एउटा आदेश गर्नेछ ।
सन्दीपको तर्फबाट वरिष्ठ अधिवक्ता रमन श्रेष्ठ, लभ मैनाली, कृष्ण सापकोटा र सरीता भण्डारी लगायतले बहस गर्दैछन् ।सन्दीपविरुद्ध काठमाडौं जिल्ला सरकारी वकिल कार्यालयले सोमबार १० देखि १२ वर्षसम्म कैद सजाय माग गर्दै काठमाडौं जिल्ला अदालतमा अभियोग पत्र दर्ता गरेको थियो।