पोखरा ।
नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाश शरण महतले ‘जनताको मतको अपमान गर्दै संसद भंग गर्ने प्रमुख प्रतिपक्षी दलको नेता केपी ओलीले कुन मुखले जनतासंग मत मागिरहेको छन् ?’ भन्दै प्रश्न गरेका छन् । बुधबार पोखरामा प्रेस युनियन कास्कीले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उनले यस्तो प्रश्न गरेका हुन् ।
जनताले ५ वर्षका लागि सरकार सञ्चालन गर्न २०७४ मा एमालेलाई म्यण्डेड दिएपनि एमाले तत्कालिन प्रधानमन्त्री रहेका ओलीले बीचमै संसद भंगगरेर जनमतको अपमना गरेको आरोप लगाए । ‘उहाँलाई जनताले ५ वर्षका लागि सरकार सञ्चालन गर्ने म्याण्डेड दिएका थिए । संसद भंग गरेर जनमतलाई बीचमै अलपत्र पारेर हिँड्नुभयो । कुन मुखले जनतासंग मत मागिरहनुभएको छ ?’ उनले प्रश्न गरे ।
डा. महतले अरु दल र जनताले समेत अब कांग्रेस नेतृत्वको सरकारको माग गरेको दाबी गरे । विगतमा एमाले नेतृत्वले ३ वर्षसम्म सपनाको मात्र उडान गरेको तर व्यवहारमा केहीपनि काम नगरेको उनको आरोप छ ।
विगतमा एमाले अध्यक्ष ओलीले जनतालाई गफदिएर भ्रममा पारेकाले बढी मत प्राप्त गरेको उनले बताए । ‘जनताले उहाहरुका गफलाई पत्याए । अहिले गफ दिनेले कही गर्दारहेनछन् । उल्टो संविधान र संसद माथि आक्रमण गर्दारहेछन् भन्ने बुझे । त्यसैले जनताले कांग्रेस नेतृत्वको गठबनन्धनलाई रोज्छन् । कांग्रेस नेतृत्वमा सरकार बन्छ’ उनले भने ।
पत्रकार भेटघाट कार्यक्रममा कांग्रेस केन्द्रीय सदस्य डा. डिला संग्रौलाले विकास, स्थायित्व र समृद्धिका लागि अहिलेको गठबन्धन बनेको दाबी गरिन् ।













