नेकपा एसको घोषणापत्र : एक गाउँ एक सहकारी, घरघरमा रोजगारी

केन्द्रभाग मिडिया

नेकपा एकीकृत समाजवादीले सोमबार चुनावी घोषणापत्र सार्वजनिक गरेको छ । नेकपा एसले नीतिगत र कार्यक्रमिक गरि दुई भागमा वर्गीकरण गरि घोषणापत्र सार्वजनिक गरेको हो ।

जसमा कार्यक्रमिक तर्फ एक गाउँ एक सहकारी, घरघरमा रोजगारीको व्यवस्था गर्ने एसको घोषणापत्रमा उल्लेख गरिएको छ ।एक पालिका एक उद्योग ग्राम,आधुनिक कृषि, सम्पन्न किसान, नेपालको पानी नेपालमै नारामा सिचाई व्यवस्थापन,उर्जा उत्पादनमा वृद्धिमा जोड दिइएको छ ।

सडक पूर्वाधारको विकास, गुणरस्तरीय शिक्षा, निशुल्क स्वास्थोपचार, हाम्रा युवा हामीसँगै भन्ने नारामा १८ देखि ४० वर्ष उमेर समुहका बेरोजगार युवाले रोजगारीको व्यवस्थाा गर्ने लगायतको प्रतिवद्धता घोषणपत्रमा उल्लेख गरिएको छ ।

यस्तै घोषणापत्रको नीतिगत प्रतिबद्धतामा संविधान र व्यवस्थाको रक्षा तथा हालको निर्वाचन प्रणाली परिवर्तनमा जोड दिएको छ । अहिलेको निर्वाचन प्रणाली अत्यन्त खर्चिलो र विकासका निम्ति बाधक भएकाले यसको विकल्प खोज्नुपर्ने पार्टीको भनाई छ ।

  • १४ कार्तिक २०७९, सोमबार १३:४७ प्रकाशित