आज डलर, युरो र पाउण्डको भाउ कति छ ? सूचीसहित

केन्द्रभाग मिडिया

पोखरा।

नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार आज सोमबार डलर एकको खरिददर १३१ रुपैयाँ ६६ पैसा र बिक्रीदर १३२ रुपैयाँ २६ पैसा रहेको छ ।

आज युरो एकको खरिददर १३१ रुपैयाँ २० पैसा र बिक्रीदर १३१ रुपैयाँ ८० पैसा रहेको छ । यस्तै आज बेलायती पाउण्ड एकको खरिददर १५२ रुपैयाँ ९० पैसा र बिक्रीदर १५३ रुपैयाँ ५९ पैसा रहेको छ ।

१० जापानी येनको खरिददर ८ रुपैयाँ ९३ पैसा र बिक्रीदर ८ रुपैयाँ ९७ पैसा छ भने चिनियाँ युवानको खरिददर १८ रुपैयाँ १५पैसा र बिक्रीदर १८ रुपैयाँ २४ पैसा छ । साउदी रियालको खरिददर ३५ रुपैयाँ ०३ पैसा र बिक्रीदर ३५ रुपैयाँ १९ पैसा छ ।

कतारी रियालको मूल्य एकको खरिद दर ३५ रुपैयाँ ९४ पैसा र बिक्री दर ३६ रुपैयाँ ११ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।मलेसिया रिंगिट १ को खरिददर २७ रुपैयाँ ८८ पैसा र बिक्रीदर २८ रुपैयाँ ०१ पैसा रहेको छ ।

  • १४ कार्तिक २०७९, सोमबार ०९:२९ प्रकाशित