सन्दीपविरुद्ध मुद्दा दर्ता गर्ने सरकारी वकिलको तयारी, १२ वर्ष कैद सजाय माग

केन्द्रभाग मिडिया

काठमाडौं ।

प्रहरी हिरासतमा रहेका क्रिकेटर सन्दीप लामिछाने विरुद्ध आज सरकारी वकिलले मुद्दा दर्ताको तयारी गरेको छ ।

बलात्कार आरोपमा लागे क्रिकेटर सन्दीपविरुद्ध काठमाडौं जिल्ला सरकारी वकिल कार्यालयले जिल्ला अदालतमा सम्भवतस् आजै अभियोग पत्र पत्र दर्ता गर्न लागेको हो ।

सन्दीपविरुद्ध १० देखि १२ वर्ष कैद सजाय माग गर्दै अभियोग पत्र दर्ता हुन लागेको जिल्ला सरकारी वकिल कार्यालयले स्रोतले जनाएको छ । प्रहरीले तिहारअघि नै अनुसन्धान प्रतिवेदन बुझाएपनि तिहार र छठको बिदा सकिएर आजदेखि कार्यालय खुल्ने भएकाले अभियोग पत्र दर्ताको तयारी गरेको हो ।

सन्दीपविरुद्ध १७ वर्षीया किशोरीले बलात्कारको आरोप लगाएकी थिइन् । सन्दीप असोज २० देखि प्रहरी हिरासतमा छन् ।

  • १४ कार्तिक २०७९, सोमबार ०९:१० प्रकाशित