गठबन्धनका उम्मेदवारलाई भोट माग्दै बाबुरामले भने– ‘गण्डकीको मुख्यमन्त्री सुरेन्द्र पाण्डे हुन्’

केन्द्रभाग मिडिया

गोरखा।
नेसपाका अध्यक्ष डा. बाबुराम भट्टराई गठबन्धनका उम्मेदवारलाई भोट माग्न गोर्खामा व्यस्त छन् । माओवादी अध्यक्ष प्रचण्ड प्रतिनिधि सभा र नेपाली कांग्रेसका नेता सुरेन्द्र पाण्डे प्रदेश सभाका लागि गोर्खा बाट उम्मेदवार छन् । भट्टराई प्रचण्ड र पाण्डेलाई भोट माग्दै भोलीको प्रधानमन्त्री र मुख्यमन्त्री भनेका छन् । भट्टराइले आगामी दिनमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड प्रधानमन्त्री बन्ने बताएका छन् ।

आइतबार गोरखामा आयोजित चुनावी कार्यक्रमलाई सम्बोधन गर्दै भट्टराईले उक्त कुरा बताएका हुन् । गोरखा क्षेत्र नम्बर २ बाट निर्वाचित जनप्रतिनिधि आगामी दिनमा प्रधानमन्त्री र मुख्यमन्त्री बन्ने र जिल्लाको विकास पनि हुने भट्टराइको भनाइ छ ।

उनले भने, ‘यहाँ कसैले अन्यथा नमान्नु होला, कमरेड प्रचण्ड भोलिको प्रधानमन्त्री र सुरेन्द्रराज पाण्डे भोलिको मुख्यमन्त्री । यही क्षेत्रले प्रधानमन्त्री पनि मुख्यमन्त्री पनि पाइसकेपछि हाम्रो विकासको सपना कसरी पूरा नहोलान् ?’

 

माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड गोरखा क्षेत्र नंं. २ बाट प्रतिनिधि सभा सदस्य उम्मेदवार र सुरेन्द्र पाण्डे प्रदेश सभा सदस्य उम्मेदवार छन् ।

  • १३ कार्तिक २०७९, आईतवार १३:२८ प्रकाशित