पर्वत ।
नेकपा एमाले पर्वतको चुनावी अभियान शनिवार फलेवास नगरपालिका वडा नं. ११ पाङराङ, र वडा नं. १० कुर्घामा सम्पन्न भएको छ । पाङराङका कर्नास, श्रीकाङ, उपल्लो पाङराङ तथा कुर्घाको सात्ले लगायतका स्थानमा घरदैलो तथा कोणसभा गरिएको हो । सो अवसरमा स्थानीयले कालीगण्डकी लोकमार्गको पुर्णता, ग्रामीण सडकहरुको स्तरोन्नती र एक घर एक खानेपानी धारा कार्यक्रमलाई पुर्णता दिन माग गरेका छन् । सुन्तलाको पकेट क्षेत्र समेत रहेको पाङरामा यसको विस्तार र बजारीकरण तथा कोल्ड स्टोरको समेत व्यवस्था गरिदिन उम्मेदवारसँग माग गरका हुन् ।
सो अवसरमा बोल्दै प्रतिनिधि सभा सदस्यका उम्मेदवार पदम गिरीले आफु नागरिककै सेवाका लागि निर्वाचनमा प्रतिस्पर्धा गरिरहेको बताउँदै विगतका पाँच वर्षमा पुरा हुन बाँकी रहेका कामको पुर्णताका लागि पनि आफुलाई मत दिएर जिताउन आग्रह गरे । विगतमा एमालेकै नेतृत्वमा रहेको नगरपालिकाले धेरै बिकासका काम शुरुवात गरेको बताउँदै ती कामहरुलाई पुर्णता दिनपनि पुन एमालेकै सरकार आउनुपर्नेमा उनको जोड रहेको छ । स्थानीयले राखेका मागहरु निर्वाचन लगत्तै पुरा गर्न पहल गर्ने उहाँको प्रतिवद्धता छ ।
स्थिर र दरिलो राजनीतिक शक्तिबाट मात्रै मुलुकमा स्थिरता र विकास संभव छ, वर्तमान अवस्थामा मुलुक धान्ने शक्ति नेकपा एमाले मात्रै भएकाले आगामी निर्वाचनबाट एमालेका उमेदवारहरुलाई विजयी गराई स्थिर सरकार निर्माणका गर्न उहाँले मतदातासँग मत दिन आव्हान गरेका छन् ।
त्यसैगरी प्रदेश सभा ख का उम्मेदवार मित्रलाल बस्यालले यो मुलुकको समृद्धि र विकास एमालेबिना सम्भव नहुने बताउँदै अरुको फोस्रा आश्वासनको पछि नलाग्न आग्रह गरे । निर्वाचन जितेर गैसकेपछि मतदाताले राखेका मागहरु एक एक गरी पुरा गर्ने उनको प्रतिवद्धता रहेको थियो ।
त्यसैगरी प्रदेश सभा क का उम्मेदवार भक्त कुँवरको चुनावी कार्यक्रम आज जलजला गाउँपालिकाको लस्ती, वारीवेनी, मिलनचोक र बगरफाँट लगायतका स्थानमा सम्पन्न भएको छ । घरदैलो, भेटघाट र कोणसभामा उम्मेदवार कुँवरले राखेका एजेण्डा र योजनावाट स्थानीयहरु प्रभावित बनेको प्रतिकृया दिएका थिए । निर्माणाधिन योजनाहरुको पुर्णताका लागि पनि सवै सिटमा एमालेले जित्नुपर्ने बताउँदै सुर्य चिन्हमा मतदान गरी आफुलाई नागरिकको सेवा गर्ने अवसर दिन अपिल गरे ।
प्रतिनिधि सभा सदस्यका उम्मेदवार पदम गिरीको आजको कार्यक्रम मोदी गाउँपालिकाको बाजुङ र देउपुरमा हुने छ ।













