राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारको घरमा भेटियो शंकास्पद वस्तु

केन्द्रभाग मिडिया

रुपन्देही ।

बुटवलमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारको घरमा शंकास्पद वस्तु फेला परेको छ ।

रास्वपाका उम्मेदवार गणेश पौडेलको घरमा संकास्पद वस्तु भेटिएको हो। बुटवल १२ नयाँ गाउँमा पौडेलको दुई तले घरको गेटमा कार्टुनमा खतरा लेखिएको बम जस्तै देखिने वस्तु आज बिहान भेटिएको हो ।

शंकास्पद वस्तु भेटिएपछि अहिले प्रहरी घटनास्थल पुगेको छ । इलाका प्रहरी कार्यालय बुटवलको अनुसार विस्तृत विवरण आउन बाँकी रहेको छ ।

  • १३ कार्तिक २०७९, आईतवार १०:३५ प्रकाशित