एमाले गण्डकीको घोषणापत्र : युवालाई पढाई,कमाई र दबाई, ५ हजार गरिबलाई नि:शुल्क प्राविधिक शिक्षा (पूर्णपाठ सहित)

केन्द्रभाग मिडिया

पोखरा ।

नेकपा एमाले गण्डकी प्रदेश संगठन कमिटीले निर्वाचनका लागि प्रतिवद्धता पत्र सार्वजनिक गरेको छ ।

‘सुशासन, समृद्धि र समाजवादको आधार, गण्डकी प्रदेशमा एमालेको सरकार’ नारासहित एमाले गण्डकीले आइतबार आफ्नो प्रतिवद्धता पत्र सार्वजनिक गरेको हो ।

प्रतिवद्धता पत्रमा नेकपा एमाले गण्डकीले युवालाई पढाई, कमाई र दबाईको व्यवस्था गर्ने प्रतिवद्धता जनाएको छ । भने ५ हजार गरिबलाई नि ः शुल्क प्राविधिक शिक्षा प्रदान गर्ने जनाएको छ। एकल महिलालाई सीप सिकाइने प्रतिवद्धता पत्रमा उल्लेख गरिएको छ भने एक घर एक रोजगारको व्यवस्था हुने जनाइएको छ।

गुणस्तरीय स्वास्थ्य सेवाको लागि ५०० शैय्याको गण्डकी विश्वबिद्यालय शिक्षण अस्पताल र मुटु, मृगौला तथा क्यान्सर उपचारको लागि ५०–५० शैय्याको विशिष्टीकृत अस्पताल निर्माण गरिने बताइएको छ । नेपाल प्रहरीको प्रादेशिक अस्पताललाई कम्तिमा ५० शैय्याको सुविधा सम्पन्न अस्पताल भवन बनाइने उल्लेख गरिएको छ ।

प्राथमिक स्वस्थ केन्द्र तथा प्रादेशिक अस्पतालहरुमा १००० डाक्टर, १००० नर्स र १००० जनस्वास्थ्य अधिकृत लगायतका जनशक्ति व्यवस्थापन गरी नागरिकलाई निशुल्क र गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने एमालेको प्रतिवद्धता छ ।

प्रदेशका मुख्य राजमार्ग र स्थानीय सडकको दूरी घटाउन सकिने खण्डमा छोटा दूरीका सुरुङ मार्ग निर्माण गरिने जनाएको छ । यस्तै कोराला र त्रिवेणी नाकालाई व्यवस्थित बनाउन ती नाकामा सहरीकरण गर्न एमाले सरकार बनेमा जोड दिइने प्रतिवद्धता उल्लेख छ ।

यस्तो छ एमाले गण्डकीको प्रतिबद्धता पत्रको पूर्णपाठ

  • १३ कार्तिक २०७९, आईतवार १०:१९ प्रकाशित