दक्षिण कोरियामा हलोविनको क्रममा भागदौड : १४९ जनाले ज्यान गुमाए

केन्द्रभाग मिडिया

काठमाडौँ ।

दक्षिण कोरियाको राजधानी सोलमा हलोविनको क्रममा भागदौड मच्चिँदा कम्तीमा १४९ जनाको मृत्यु भएको छ भने ७६ भन्दा धेरै घाइते भएका छन् ।

स्थानीय अधिकारीका अनुसार शनिबार साँझ दक्षिण कोरियाको राजधानी सोलमा भागदौड मच्चिँदा कम्तीमा पनि १४९ जनाको मृत्यु भएको बीबीसीले उल्लेख गरेको छ ।

राजधानी सोलको एक नाइट स्पटमा ठूलो संख्यामा हलोविन मनाउनका लागि मानिसहरू जम्मा भएका थिए । कोभिड(१९ महामारीपछिको यो नै पहिलो हलोविन भएकाले पनि धेरै मानिसहरू जम्मा भएको बताइएको छ । रिपोर्टका अनुसार त्यहाँ करिब १ लाख मानिस भेला भएका थिए ।

मृत्यु भएका अधिकांश किशोररकिशोरी भएको अधिकारीले बताएका छन् ।

  • १३ कार्तिक २०७९, आईतवार ०९:३६ प्रकाशित