कालीकोटको तिलागुफा नगरपालिका–१० रानाबाडाँमा बम विस्फोट हुँदा एक बालिकाको निधन भएको छ। जिल्ला प्रशासन कार्यालय कालीकोटका अनुसार आज बिहान करिब ८ बजे बम विस्फोट भएको हो।
कालीकोटका प्रमुख जिल्ला अधिकारी रामहरि शर्माले बम विस्फोटबाट स्थानीय ४ वर्षीय झरना थापाको निधन भएको खबर आएको जानकारी दिए ।
यस्तै, घाइते हुनेहरुमा ७ वर्षीय कमल थापा, ५ वर्षीय मुस्कान थापा, ४ वर्षीय सरस्वती थापा र ३ वर्षीय पखना थापा रहेका छन् ।
घाइतेहरूलाई गृह मन्त्रालयको पहलमा नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरेर प्रदेश अस्पताल कालागाउँ सुर्खेतमा लगिएको छ। गृहमन्त्री बालकृष्ण खाँणले घाइते बालबालिकाको उद्धारका लागि घटनास्थलमा हेलिकप्टर पठाउन गृह प्रशासनलाई निर्देशन दिएका छन् ।
घाइते बालबालिकाको अवस्था गम्भीर रहेको प्रजिअ रामहरि अधिकारीले बताए । ।
उनका अनुसार कस्तो खालको बम हो, कसले र किन राखेको हो भन्नेबारे केहि खुलेको छैन ।













