रसुवाबाट काठमाडौंका लागि छुटेको यात्रुबाहक बस दुर्घटना भएको छ । बा ३ ख ६०३५ नम्बरको बस कालिकास्थानमा दुर्घटना भएको हो ।
दुर्घटनामा परेर कम्तीमा ६ जना घाइते भएका छन् । बसमा ३५ यात्रु सवार थिए । दुर्घटनापछि बसका चालक फरार भएका छन् ।
ब्रेक फेल भएर दुर्घटना भएको अनुमान गरिएको छ ।













