एजेन्सी ।
अमेरिकी व्यवसायी एलन मस्कले माइक्रो ब्लगिंङ साइट ट्वीटरको कम्पनीको स्वामित्व लिएका छन्। मस्कले ४४ खर्ब अमेरिकी डलरमा ट्वीटर खरीद गरेका हुन्। झण्डै ६ महिनाको वैधानिक रस्साकस्सीपछि एलनले ट्वीटरमा आधिकारिक रुपमा आफ्नो नियन्त्रण कायम गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । मस्कले स्वामित्व लिएसँगै ट्विटरका प्रमुख कार्यकारी अधिकारी सिइओसहित अन्य उच्च अधिकृतहरु बर्खास्त गरेको अमेरिकी सञ्चारमाध्यमहरुले जनाएका छन् ।
ट्वीटरका सीईओ पराग अग्रवाल, चिफ फाइनान्सियल अफिसर नेड सेगल, लिगल एन्ड पोलिसी एक्जुकेटिभ विजय गाडे र सल्लाहकार सिन एजेड बर्खास्त भएको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् । यसअघि हिजो एक ट्विटमा मस्कले मानवताको सहयोगका लागि आफूले ट्विटर खरिद गरेको बताएका थिए । मस्कले यसअघि नै ४४ अर्ब अमेरिकी डलरमा ट्विटर किन्ने सम्झौता गरेपनि तर पछि फेरि मस्क सो सम्झौताबाट पछि हट्ने प्रयास गरेस्कलाई कम्पनी अधिग्रहण गर्न बाध्य पार्दै कानूनी कारबाहीमा सुरु गरेको थियो ।
अदालतले मस्कलाई अक्टोबर २८ अर्थात आजसम्मको खरिद सम्झौता गर्ने समयसीमा दिएको थियो । अदालतले तोकेको समयसीमा अगावै मस्कले ट्वीटरको स्वामित्व लिएका हुन् ।