पोखरा ।
पोखरामा विदेशी पर्यटकले भाइटीका लागाएका छन् । पश्चिमाञ्चल होटल संघले आयोजना गरेको १५ औँ भाइटीका महोत्सवमा पर्यटकले भाइटीका लगाएका हुन् ।
संघले पोखरा लेकसाइड स्थित मम्स गार्डेन रिसोर्टमा पर्यटकका लागि भाइटीका लगाउने कार्यक्रमको आयोजना गरेको थियो ।
पर्यटकलाई रेन्वो चिल्ड्रेन होमका छात्राहरुले भाईटीका लगाइदिएका थिए । टिका लगाइदिएपछि उनीहरुलाई फुलको माला, टोपी र सेलरोटी लगायतका परिकार पस्किएको थिइयो ।
कार्यक्रमका संयोजक दिपक श्रेष्ठले नेपाली संस्कृतीसंग पर्यटकलाई जेड्न महोत्सव आयोनजा गरिएको बताए । १५ औँ महोत्वसव सम्म आईपुग्दा भाइटिका महोत्वले सकारात्मक सन्देस दिन सफल भएको श्रेष्ठले जानकारी दिए ।
भाइटिका लगाउन अमेरिका, युके, अष्ट्रेलीया, न्यूजिल्याण्ड, क्यानडा, फ्रान्स, इटली, जर्मनी, साउथ कोरीया र जापानबाट आएका ३५ पर्यटकले सहभागीता जनाए थिए ।
तेस्रो मुलुकबाट पर्यटक आउने थाले पछि पर्यटन बजार पनि गुल्जार बन्न थालेको होटल संघ पोखरका अध्यक्ष लक्ष्मण सुवेदीले जानकारी दिए ।
कोरोना महामारी पछी थलिएको पर्यटन बजरमा तेस्रो मुलुकका पर्यटकको आगमनले पर्यटन क्षेत्रमा उत्साह थपेको छ, भने पर्यटन क्षेत्रले गति लिने आशा गरिएको छ । चिनको प्रतिबन्धका कारण चिनिया पर्यटक भने नेपाल प्रवेश गर्न पाएका छैनन् । जसको प्रत्यक्ष असर पर्यटनमा क्षेत्रमा परेको छ ।