राष्ट्रपति भण्डारी र प्रधानमन्त्री देउवाले लगाएनन् भाइटीका

केन्द्रभाग मिडिया

काठमाडौं ।

राष्ट्रपति  विद्यादेवी  भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवाले यस वर्षको भाइटीका ग्रहण गरेनन् । माइतीघरमा मरणाशौच परेकाले राष्ट्रपतिले भाइहरूलाई टीका नलगाएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

भ्रातृशोकमा रहेका प्रधानमन्त्री देउवाले भाइटीका नलगाएको प्रधानमन्त्री देउवाका स्वकीय सचिव भानु देउवाले जानकारी दिए ।

प्रधानमन्त्रीका भाइ प्रेमबहादुर देउवाको निधन भएको एक वर्ष पुगेको छैन ।

  • १० कार्तिक २०७९, बिहीबार १३:५२ प्रकाशित