शंखधर साख्वाको प्रतिमामा प्रधानमन्त्री देउवाले गरे माल्यार्पण

केन्द्रभाग मिडिया

काठमाडौं ।
प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल संवतका प्रवर्तक राष्ट्रिय विभूति शंखधर साख्वाको शालिकमा माल्यार्पण गरेका छन् ।एक समारोहका बीच प्रधानमन्त्री देउवाले बुधबार भक्तपुरको मध्यपुर थिमिस्थित शंखधर साख्वाको प्रतिमामा माल्यार्पण गरेका हुन् ।

उनले राष्ट्रिय विभूति साख्वाको प्रतिमामा माल्यार्पण गर्दै उनको योगदानको स्मरण गरे । प्रधानमन्त्री देउवाले हरेक नेपालीहरुले राष्ट्रिय विभूति साख्वाको जीवनीबाट सिकेर अघि बढ्न आवश्यक रहेको बताए ।

नेपाल संवत्लाई नयाँ वर्षका रुपमा काठमाडौँ, ललितपुर, भक्तपुर, बनेपा, धुलिखेल, बाह्रबिसे, दोलखालगायत नेवार समुदायको बाहुल्यता रहेका स्थानमा विशेषरुपमा मनाउने गरिन्छ ।

  • ९ कार्तिक २०७९, बुधबार १२:०२ प्रकाशित