आज नेवार समुदायको नयाँ वर्ष : पोखरामा भिन्तुना र्‍याली

केन्द्रभाग मिडिया

पोखरा ।

नेपाल संवतको नयाँ वर्ष ११४३ को अवसरमा आज पोखरामा भिन्तुना र्‍याली प्रदर्शन गरिएको छ ।

नेवारी पोसाक लगाएर महिला तथा पुरुषले बाँसुरी बाजा, धिमे बाजालगायत विभिन्न प्रकारका बाजा बजाउँदै विभिन्न सङ्घ सङ्गठनको सहभागितामा नेवा खलः कास्कीले पोखराको रानीपौवाबाट र्‍याली निकालेको हो । र्‍यालीले पोखराको मुख्य चोक र नगर क्षेत्रको परिक्रमा गर्ने भएको छ ।

नेपालीहरुको महान पर्व दिपावली अन्तर्गतको नेवारी समुदायमा प्रचलित म्ह पुजाको दिन बाट नयाँ बर्ष प्रारम्भ हुने हुँदा उक्त दिन हरेक बर्ष जस्तै यस बर्ष पनि पोखरामा भिन्तुना र्‍यालीमा बिभिन्न जातजातीका झाँकी सहित पोखरा नगर परिक्रमा गर्न लागेको नेवा खल कास्कीले जनाएको छ।

  • ९ कार्तिक २०७९, बुधबार ०९:४७ प्रकाशित