एमसीसीको कारण नेपाल युद्धमा फस्ने विजुक्छेको दाबी

केन्द्रभाग मिडिया

काठमाडौं ।

नेपाल मजदुर किसान पार्टीले चुनावी घोषणापत्र सार्वजनिक गरेको छ । सो क्रममा पार्टीका अध्यक्ष नारायणमान विजुक्छेले एमसीसीको आलोचना गरेका छन् । उनले एमसीसीको कारणले नेपाल युद्धमा फस्ने दाबी गरेका छन् । अध्यक्ष विजुक्छेले आफ्नो दल सुरुदेखि नै एमसीसीको विपक्षमा रहेको पनि उल्लेख गरे ।

उनले एमसीसीले नेपालको कहिल्यैपनि हित नगर्ने बताउँदै भने,हाम्रो देशमा दक्षिणपन्थी विचार बढेको छ । त्यसले बढी प्रभाव पार्छ भन्ने कुरा देखिएको छ । सरकारले एमसीसी पास गरेपछि नेपाल अमेरिका र भारसँग मिलेर दक्षिण एसियालीमा पश्चिमी देशको प्रभाव बढ्दै गएको छ, युद्धको तयारी हुँदैछ, उनले भने ।

  • ८ कार्तिक २०७९, मंगलवार १६:५२ प्रकाशित