प्रतिनिधिसभाका उम्मेदवारलाई सम्पर्क कार्यालय खोल्न सीमा

केन्द्रभाग मिडिया

काठमाडौं ।

निर्वाचन आयोगले प्रतिनिधिसभा तथा प्रदेश सभा सदस्यका उम्मेदवारलाई सम्पर्क कार्यालय खोल्न सीमा तोकेको छ । आयोगले मंगलबार दल र उम्मेदवारहरूलाई सम्पर्क कार्यालय खोल्ने सम्बन्धमा सात बुँदे निर्देशन दिएको हो ।

जसअनुसार प्रतिनिधि सभाका उम्मेदवारले आफ्नो निर्वाचन क्षेत्रमा प्रदेश निर्वाचन क्षेत्रलाई समेट्ने गरी बढीमा तीनवटा र प्रदेश सभाका उम्मेदवारले एउटा मात्र सम्पर्क कार्यालय खोल्न पाउने छन् ।

यस्तै आयोगले प्रतिनिधि सभा तथा प्रदेश सभाका समानुपातिकतर्फ बन्दसूचीमा उम्मेदवारी पेस गरेका दलले प्रतिनिधि सभा सदस्यको निर्वाचन क्षेत्रमा एउटा सम्पर्क कार्यालय खोल्न सक्ने र सम्भव भएसम्म एउटै स्थान प्रयोग गर्न निर्देशन दिएको छ ।

  • ८ कार्तिक २०७९, मंगलवार १५:३७ प्रकाशित